+
+
Shares

पत्रकार कार्कीको दुवै आँखाको भित्री भागसम्म चोट, भिजनमा समस्या

‘आँखाभित्र रगत जमेको (हाइफिमा) छ । जसले गर्दा भिजन एकदमै कम रहेको छ । आँखाको छालाको माथिल्लो भाग पनि च्यातिएको छ । चोटको कारण आँखाको प्रेसर पनि बढेको छ,’ उपचारमा संलग्‍न डा. सिभान्त श्रेष्ठले भनिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १६:४९

१४ वैशाख, काठमाडौं। आइतबार दिउँसो शिक्षक आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचारका भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार चोटको कारणले गर्दा दुवै आँखाको लेन्सहरु सुन्निएको छ ।

‘आँखाभित्र रगत जमेको (हाइफिमा) छ । जसले गर्दा भिजन एकदमै कम रहेको छ । आँखाको छालाको माथिल्लो भाग पनि च्यातिएको छ । चोटको कारण आँखाको प्रेसर पनि बढेको छ,’ उपचारमा संलग्‍न डा. सिभान्त श्रेष्ठले भनिन् ।

डा. श्रेष्ठका अनुसार चोट, हाइफिमाको कारणले गर्दा रेटिनामा पनि मज्जाले हेर्न सकिएको छैन । ‘आँखाको नशाको भागहरूसम्म चाहिँ देखिएको छ । तर त्यसपछि रेटिनाको अवस्था कस्तो छ भनेर हेर्न सकिएको छैन,’ उनले भनिन् ।

‘आँखामा रगत पनि जमेको छ । आँखाभित्र पनि रगत जमेकोले गर्दा भिजन कम (देख्ने क्षमता) कम रहेको छ । चोटले गर्दा आँखामा प्रेसर पनि बढेको छ,’ डा. श्रेष्ठ भन्छिन् ।
उनका अनुसार अहिले औषधिहरु सुरु गरिएको छ । रगत जमेको अवस्था कम भएपछि बल्ल हेर्न सकिन्छ । उनले अगाडि थपिन्, ‘अहिलेको चोट भएकाले औषधिले कम गरेपछि मात्रै के कस्तो अवस्था छ भनेर हेरेर आँखाको पर्दा कस्तो छ भनेर हेर्न सकिन्छ ।’

आँखामा रगत पनि जमेको छ । आँखाभित्र पनि रगत जमेकोले गर्दा भिजन कम (देख्ने क्षमता) कम रहेको छ । चोटले गर्दा आँखामा प्रेसर पनि बढेको छ-डा. सिभान्त श्रेष्ठ

भिडियो एक्सरेबाट हेर्दा पर्दा च्यातिएको जस्तो देखिएको छैन । तर कहिलेकाहीँ रगत जमिदिने, बीचको हेर्न भाग सुन्निने जस्ता भागहरु राम्ररी नदेखिने हुन्छ । जसले गर्दा आँखाको नानी वरिपरिका भागहरु पनि प्रष्टसँग नदेखिएको उनले बताइन्।

‘अब औषधिले कस्तो असर गर्दै जान्छ त्यसपछि मात्र भन्न सकिन्छ । बाहिरी छाला त्यातिएको असर कम भएपछि र झिल्लीमा लागेको चोट कम भएपछि मात्रै सर्जरी गर्नुपर्छ । त्यो गरिसकेपछि एन्टिबायोटिक, स्टेरोइडलगायत गरिन्छ,’ उनले भनिन् ।

सीटी स्क्यानबाट थप हेरिने उनले बताइन् । ‘उहाँलाई नर्मल नै भन्न त मिल्दैन किनकी आँखाको भिजन एकदमै कम छ । अब हेर्दै जानुपर्छ । पछाडि पर्दामा पनि धेरै चोट लागेको रहेछ भने धेरै समय लाग्न सक्छ,’ डा. श्रेष्ठले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?