+
+
Shares

संसदीय समितिमा पुग्यो कानुन व्यवसायी परिषद् विधेयक

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १६:४३

१४ वैशाख, काठमाडौं । नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक संसदीय विषयगत समितिमा पुगेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले नेपाल कान्न व्यवसायी परिषद् विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

जसलाई सभाले स्वीकृत गरेको हो ।

यो विधेयक कानुनमन्त्री चौरसियाले १८ साउन २०८१ मा ल्याएका थिए । राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक १८ फागुन २०८१ मा राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा गएको हो ।

प्रतिनिधि सभाले दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पठाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?