+
+
Shares

उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक फिर्ता माग्दै कर्मचारीले गरे तालाबन्दी

नागरिक उड्डयन प्राधिकरण आधिकारिक ट्रेड युनियनले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र सञ्चालक समितिको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १७:००

१४ वैशाख, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा छुट्याउने दुई विधेयक फिर्ता लिन माग गर्दै कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

नागरिक उड्डयन प्राधिकरण आधिकारिक ट्रेड युनियनले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र सञ्चालक समितिको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

उनीहरूले प्राधिकरण विधेयक फिर्ता माग राख्दै तालाबन्दी गरेको जनाएका छन् । सोही क्रममा उनीहरूले ‘हवाई माफिया होसियार, प्राधिकरण विधेयक फिर्ता गर’ जस्ता नारा लगाएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यी दुवै विधेयक संसदमा दर्ता गरिसकेको छ । जसमा प्राधिकरणको विद्यमान् संरचनालाई हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरणका रूपमा छुट्याउने उल्लेख छ । कर्मचारीले प्राधिकरण छुट्याउन नहुने माग राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?