+
+
Shares

त्रिभुवन विमानस्थल प्रस्थानतर्फ पनि सीआईपी रुम बनाइँदै

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आन्तरिकतर्फ यसअघि नै सीआईपी कक्ष सञ्चालनमा थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १७:११
फाइल तस्वीर

१४ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थानतर्फको टर्मिनलमा पनि अब ‘महत्त्वपूर्ण व्यावसायिक व्यक्ति कक्ष’ (सीआईपी रुम) बनाइने भएको छ । अहिले आगमन तर्फमात्र यस्तो सुविधा छ ।

अन्तर्राष्ट्रिय टर्मिनल भवनको आगमन तर्फको प्रथम तलामा ५१.६० वर्गमिटर क्षेत्रफलमा तोकिएको सीआईपी कक्ष सञ्चालनका लागि विमानस्थल कार्यालयले हालै ठेक्का प्रक्रिया पूरा गरी बोलपत्र दाता छनोट समेत गरेको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आन्तरिकतर्फ यसअघि नै सीआईपी कक्ष सञ्चालनमा थियो । जसको ठेक्का अवधि सकिएपछि नयाँ ठेक्का लगाइएको हो ।

अब प्रस्थानतर्फ समेत यस्तै कक्ष सञ्चालनमा ल्याउने तयारी रहेको उनले जानकारी दिए । यो ‘भीआईपी’ कक्षभन्दा फरक हो । जहाँ अनुमति प्राप्त व्यक्तिले आफ्ना सहयोगीलाई विमानस्थलमा गर्नुपर्ने प्रक्रियाका लागि लाइनमा पठाएर आफू आराम गरेर बस्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?