+
+
Shares

स्थानीय तहमा आपतकालीन गोदामघर बनाउन गृहमन्त्रीको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १७:१७

१४ वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहहरूमा आपत्कालीन गोदामघर स्थापना गर्नुपर्ने बताएका छन् ।

आइतबार गृहमन्त्रीसँग विपद् संवाद शुभारम्भ कार्यक्रममा उनले विपद्का घटनासँग सबैभन्दा नजिक स्थानीय तह हुने गरेकाले त्यसलाई मजबुद बनाउन आवश्यक रहेको बताएका हुन् ।

‘यहाँबाट तपाईं हामी बसेर नीतिनिर्माण गर्ने हो,’ गृहमन्त्री लेखकले भने, ‘यसलाई लागू गर्ने भनेको स्थानीय तहले भएकाले स्थानीय तहरूलाई सक्षम बनाउन पनि आपत्कालीन गोदाम घर अनिवार्य आवश्यकता हो ।’

उनले हरेक स्थानीय तहमा आपत्कालीन गोदामघर स्थापना गरेर त्यस आधारभूत सामग्रीहरू राख्नुपर्ने बताए । ‘प्रत्येक पालिकमा गोदामघर बनाऔं, त्यो भनेको छुट्टै घर, जग्गा, गोदाम बनाउनुस् भनेको होइन । प्रत्येक पालिकाका आफ्ना कार्यालय छन्, ती कार्यालयको एउटा कोठालाई गोदामघर भनेर तोकिदिए हुन्छ,’ उनले भने ।

गृहमन्त्री लेखकले गोदामघरमा आधारभूत सामग्री राख्न सकिने भन्दै उनले ती गोदामघरलाई संघ र प्रदेश सरकारको पनि सहयोग आवश्यक रहेको बताए ।

चार वटा प्रदेशमा आपतकालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकिएको उनले जानकारी दिए । काठमाडौंबाहेक अन्य गोदामघर पनि केही समयभित्रै प्रदेश सरकारलाई हस्तान्तरण गरिने उनको भनाइ छ ।

‘प्रदेशका विमानस्थलमा स्थापना गरिएका गोदामघरबाट विपद्का बेला एउटा कम्बल झिक्न पनि काठमाडौंमा प्राधिकरणसँग समन्वय गर्नुपर्ने स्थिति थियो, उनले भने, ‘अहिले नीतिगत तहबाट निर्णय गर्दै सबै अधिकार प्रदेश सरकारलाई दिएर गोदामघर हस्तान्तरण गर्ने काम भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?