
१४ वैशाख, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत बेलायत भ्रमणमा निस्किएका छन् । बेलायत सरकारको निम्तोमा राउत नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
भ्रमण टोलीमा सर्वोच्च अदालतका न्यायाधीश हरि फूयाल, विशेष अदालतका सदस्य रितेन्द्र थापा, उच्च अदालतका न्यायाधीश हेमन्त रावल लगायत छन् ।
भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध विस्तारका प्रयास पनि हुने सर्वोच्च अदालतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4