+
+
Shares

त्रिभुवन विमानस्थलमा ३ महिनामा २२ लाख ६३ हजार यात्रु

तीमध्ये ११ लाख ८४ हजार ९ सय ७३ अन्तर्राष्ट्रिय र १० लाख ७८ हजार ३ सय ७२ आन्तरिक उडानका यात्रु छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १७:३६

१४ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सन् २०२५ को पहिलो तीन महिनामा साढे २२ लाख यात्रु व्यवस्थापन गरेको छ ।

विमानस्थल कार्यालयका अनुसार जनवरी, फेब्रुअरी र मार्चमा कुल २२ लाख ६३ हजार ३ सय ४५ यात्रुलाई सेवा दिइएको हो । तीमध्ये ११ लाख ८४ हजार ९ सय ७३ अन्तर्राष्ट्रिय र १० लाख ७८ हजार ३ सय ७२ आन्तरिक उडानका यात्रु छन् ।

जनवरीमा मात्र अन्तर्राष्ट्रियतर्फ कुल २ हजार ४ सय ५८ उडान/अवतरण भएका छन् । जनवरीमा ३ लाख ८७ हजार ३४ यात्रुले सेवा लिएका छन् ।

त्यस्तै फेब्रुअरीमा २ हजार २ सय ७५ उडान–अवतरण भएका थिए । यस महिना यात्रु संख्या ३ लाख ७३ हजार ५ सय ३४ थियो ।

यसैगरी मार्चमा २ हजार ७ सय १० उडान–अवतरण भएका छन् । यात्रु संख्या ४ लाख २४ हजार ४ सय ५ थियो ।

उता, आन्तरिकतर्फ जनवरीमा ६ हजार ३ सय ३८ उडान–अवतरणबाट ३ लाख १२ हजार ९ सय २६ यात्रुले सेवा लिएका छन् ।

फेब्रुअरीमा ६ हजार ९ सय १३ उडान–अवतरण भए । यस महिना ३ लाख ५७ हजार ७ सय ६९ यात्रुले उडान सेवा लिएका थिए ।

त्यस्तै मार्चमा ९ हजार ६४ उडान–अवतरण भएकोमा यात्रु संख्या ४ लाख ७ हजार ६ सय ७७ पुगेको विमानस्थल कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?