१४ वैशाख, काठमाडौं । एएफसी वुमन्स एसियन कप क्वालिफायरको तयारीका लागि बन्द प्रशिक्षणमा ४८ खेलाडीलाई बोलाइएको छ ।
महिला टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रारम्भिक चरणमा ४८ खेलाडीलाई बोलाएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
एन्फाका अनुसार महिला राष्ट्रिय टिमको बन्द प्रशिक्षण आगामी मे ४ देखि सुरु हुनेछ । प्रशिक्षणका लागि ६ गोलकिपर, १२ डिफेण्डर, १९ मिडफिल्डर र ११ फरवार्डलाई बोलाइएको छ ।
एन्फाले महिला राष्ट्रिय टिमका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक नियुक्त गर्ने प्रक्रृया सुरु गरेपनि तत्कालका लागि राजेन्द्र तामाङले नै महिला टिमलाई प्रशिक्षण दिनेछन् ।
आगामी जुन २९ देखि जुलाई ५ सम्म हुने वुमन्स एसियन कप क्वालिफायरसम्म महिला टिममा नयाँ प्रशिक्षक आउने एन्फाले जनाएको छ ।
क्वालिफायरको समूह एफमा रहेको नेपालले उज्वेकिस्तान, श्रीलंका र लाओससँग खेल्नेछ । यस समूहको खेल उज्वेकिस्तानमा हुनेछ । त्यसअघि नेपालले तयारीसुवरुप थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एन्फाको अनुसार पहिलो खेल मे ३० मा क्लोज डोरमा हुनेछ भने जुन २ मा नेपाल र थाइल्याण्डबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरु
गोलकिपर : एन्जिला तुम्बापो सुब्बा, अन्जन राना मगर, कोपिला खड्का, लिला जोशी, सावित्री किशन, उषा नाथ
डिफेण्डर : अमृता जैशी, विमला विक, गीता राना, मनमाया दमाई, निशा थोकर, पुजा राना, प्रतिक्षा चौधरी, सबिना चौधरी, सजनी थोकर, समिक्षा घिमिरे, सेमी हाङ्गमा लिम्बु प्रधान, यशोदा शाही
मिडफिल्डर : अनिता बस्नेत, अन्जली चन्द, विमला चौधरी, बिर्सना चौधरी, हेमा चौधरी, हेमा रावत, कुशुम खतिवडा, प्रीति राई, रनुका नगरकोटे, सविता राना मगर, सहारा लिम्बु, सम्झना लावती, सरस्वती हमाल, सरु लिम्बु, सेनु परियार, सुख्रिया सुक्लुखु, सुक्रिया मिया, सुस्मा तामाङ, तुलासा बोहरा
फरवार्ड : अनिता केसी, अनिता लम्जेल, चन्द्रा भण्डारी, जेनिफर मगर, ममता पुन, मिना देउवा, पूर्णिमा राई, रश्मि कुमारी घिसिङ, रेखा पौडेल, सावित्रा भण्डारी, समिक्षा राई
प्रतिक्रिया 4