+
+
Shares

सगरमाथा चढ्ने तयारीमा रहेका असइ छत्याललाई प्रधानमन्त्रीको बिदाइ

छत्याल सगरमाथा संवाद कार्यक्रमको प्रवर्द्धनका लागि विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने तयारीमा छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १८:०७

१४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई आज बिदाइ गरेका छन् ।

छत्याल सगरमाथा संवाद कार्यक्रमको प्रवर्द्धनका लागि विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने तयारीमा छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीले आइतबार असइ छत्याललाई सफल यात्राको कामनासहित बिदाइ गरेका हुन् ।

यात्राका क्रममा जलवायु परिवर्तनको अवस्थाबारे पनि अध्ययन गरी रिपोर्टिङको तयारीमा रहेका छत्याललाई सगरमाथा संवाद लेखिएको व्यानर हस्तान्तरण गरिएको थियो ।

बिदाइ कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायत सहभागी थिए । नेपाल सरकारको आयोजनामा आगामी २ देखि ४ जेठसम्म काठमाडौैंमा हुने सगरमाथा संवाद हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?