
१४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले शिक्षकहरूमाथि दमन गरेर सरकारले निरंकुश प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।
आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले लामो समयदेखि आन्दोलनरत शिक्षकहरुको माग अनुसार ऐन बनाउन तदारुपता देखाउनुपर्नेमा शिक्षकहरुमाथि दमन गरेर सरकारले निरंकुश प्रवृति देखाएको आरोप लगाएका हुन् ।.
‘नेपाल शिक्षक महासंघको नेतृत्वमा हजारौं शिक्षक सडकमा छन् । उल्टो शिक्षकमाथि निर्मम दमन गरिएको छ । त्यो दमनको म भर्त्सना गर्न चाहन्छु,’ सांसद दाहालले भने ।
उनले विभिन्न माग लिएर सडकमा आउनुपर्ने बाध्यता सरकारको लापरवाहीका कारण भएको जिकिर गरे ।
दाहालले आइतबार बानेश्वरमा शिक्षकहरूमाथि दमन भएको भन्दै भत्र्सना पनि गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4