+
+
Shares

न्यून ब्याजदर हुँदा पनि कर्जामा सुधार हुन सकेन : कामु गभर्नर ढुंगाना

कामु गभर्नर ढुंगानाले आन्तरिक अर्थतन्त्रका लागि कर्जा प्रवाहको सुस्तता एउटा चुनौती रहेको औंल्याइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १८:१५
फाइल तस्वीर

१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंक कामु गभर्नर डा. निलम ढुंगानाले न्यून ब्याजदर हुँदाहुँदै निजी क्षेत्रमा प्रवाहित कर्जामा अपेक्षित सुधार हुन नसकेको बताएकी छिन् ।

राष्ट्र बैंकको ७०औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्तरिक अर्थतन्त्रका लागि कर्जा प्रवाहको सुस्तता एउटा चुनौती रहेको औंल्याइन् ।

‘पूँजीगत खर्च अपेक्षित रूपमा बढ्न नसक्नु र सञ्चालनमा रहेका परियोजनाहरू समयमै सम्पन्न हुन नसक्नु जस्ता चुनौतीहरू कायमै छन्,’ उनले भनिन् ।

आन्तरिक अर्थतन्त्र लयमा आउने उनको भनाइ छ । ‘चालु आर्थिक वर्ष दोस्रो त्रैमासको आर्थिक वृद्धिको तथ्यांकले समेत यसको पुष्टि गरेको छ,’ उनले भनिन्, ‘पछिल्लो समय भएका कानुनी सुधारले लगानीको वातावरण सहज बनाएको छ, यसले समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा छ ।’

विप्रेषण आप्रवाह र पर्यटन आयमा वृद्धि भएका कारण देशको शोधनान्तर बचतमा रहन गई विदेशी विनिमय सञ्चिति बढेको ढुंगानाको भनाइ छ ।

वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको विस्तारमा पछिल्लो समय उल्लेख्य प्रगति भएको उनले बताइन् ।

‘राष्ट्र बैंकले गरेका नीतिगत सहजीकरण, पूर्वाधार विकास र सुरक्षित, सजिलो एवं सस्तो भुक्तानी प्रणालीका उपकरणले गर्दा डिजिटल भुक्तानी प्रयोग उच्च दरमा बढेको छ,’ कामु गभर्नर ढुंगानाले भनिन्, ‘अन्तरदेशीय भुक्तानी प्रणालीको अन्तरआबद्धता समेत प्रारम्भ भएको छ ।’

कार्यक्रममा राष्ट्र बैंकले विगत एक वर्ष अवधिमा गरेका प्रमुख कार्यप्रगति बारे जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?