+

लण्डन म्याराथनमा सन्तोषीले सुधार गरिन् आफ्नै कीर्तिमान

२०८२ वैशाख  १४ गते १८:४८ २०८२ वैशाख १४ गते १८:४८
लण्डन म्याराथनमा सन्तोषीले सुधार गरिन् आफ्नै कीर्तिमान

१४ वैशाख, काठमाडौं । नेपाली धाविका सन्तोषी श्रेष्ठले लन्डन म्याराथनमा आफ्नै कीर्तिमानमा सुधार गरेकी छिन् ।

आज भएको लण्डन म्यारथनमा सन्तोषीले निर्धारित दूरी २ घण्टा ४२ मिनेट ५० सेकेण्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

यसअघि सन्तोषीले सन् २०२४ मा बंगालदेशमा भएको बंगबन्धु ढाका म्याराथनमा २ घण्टा ४६ मिनेट २२ सेकेन्डमा दौड पूरा गरेर नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले त्यसबेला डेब्यु अन्तर्राष्ट्रिय म्यारथनकै नयाँ कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।

सन्तोषीले गत वर्ष फ्रान्समा भएको पेरिस ओलम्पिकको म्याराथनमा समेत सहभागिता जनाएकी थिइन् ।

म्याराथन सन्तोषी श्रेष्ठ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय