+
+
Shares

मूल्य र नापतौल हेरफेर गर्ने अल्फा बिजनेस प्रालिलाई २ लाख जरिबाना

काठमाडौं महानगरपालिका–११ मा रहेको अल्फा बिजनेसलाई २ लाख रुपैयाँ जरिबाना तिराइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १८:४१
प्रतीकात्मक तस्वीर

१४ वैशाख, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको अल्फा बिजनेस प्रालिलाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ ।

विभागले आइतबार नियमित अनुगमन अन्तर्गत ९ वटा उद्योग तथा फर्म अनुगमन गरेको थियो । सोही क्रममा काठमाडौं महानगरपालिका–११ मा रहेको अल्फा बिजनेसलाई २ लाख रुपैयाँ जरिबाना तिराइएको हो ।

उक्त उद्योगले आफ्ना उत्पादनमा रि–लेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि जरिबाना तिराइएको विभागले जनाएको छ ।

विभागका अनुसार उक्त उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको छ ।

यस्तै आज अनुगमन गरिएका ९ मध्ये ६ उद्योगलाई ३ दिनदेखि ७ दिनभित्र आवश्यक कागजात सहित विभागमा उपस्थित हुन भनिएको छ । २ उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ को पूर्णपालना गरी व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?