+
+
Shares

काठमाडौं उपत्यकाभरि यामाहाको ‘एक्स्चेन्ज अफर’

यामाहा ‘ब्लु फेस्ट’ को सफलतापछि कम्पनीले फेरि एक पटक ग्राहकलाई एक्स्चेन्ज र उत्सवको अवसर प्रदान गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १८:४८

काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुई पाङ्ग्रे सवारीसाधन पारखीका लागि नयाँ र रोमाञ्चक ‘एक्स्चेन्ज अफर’ ल्याएको छ । यो अफर १४ देखि १९ वैशाखसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरुममा लागु हुनेछ ।

यामाहा ‘ब्लु फेस्ट’ को सफलतापछि कम्पनीले फेरि एक पटक ग्राहकलाई एक्स्चेन्ज र उत्सवको अवसर प्रदान गरेको हो । जुनसुकै ब्रान्डका पुरानो सवारीसाधनमा न्यूनतम २५ हजार रुपैयाँको भ्यालुएसन (कर चुक्ता प्रमाणपत्र अनिवार्य), एक्स्चेन्ज भ्यालु अझ बढाउन थप १० हजार रुपैयाँको अतिरिक्त भ्यालुएसनको फाइदा ग्राहकले लिन सक्ने कम्पनीले जनाएको छ ।

धरौटीविना नै सजिलो फाइनान्सिङ सुविधा, यामाहा लिन अहिलेसम्मकै सहज बनाउन केवल ७.९९ प्रतिशत ब्याजदरमा सस्तो किस्ताबन्दी सुविधा, ‘थ्रिल अफ थ्री’ अफर अन्तर्गत १ लाखसम्मको स्योर सट छुट र उपहारमा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोर्ट्स ब्याग र बाइक कभरजस्ता निःशुल्क एसेसरिजको सुविधा रहेको छ ।

यामाहाका भर्सटाइल र डाइनामिक मोडेलले हरेक प्रकारका चालकका लागि उपयुक्त रोजाइ सुनिश्चित गर्दछ । हाइ–माइलेज र स्मार्ट पर्फर्मेन्सका लागि डिजाइन गरिएको ‘रेजेडआर १२५एफआई हाइब्रिड’ देखि रेसिङ पारखीबीच लोकप्रिय बनेको स्पोर्टी र आक्रामक ‘आर१५’ सम्म यामाहाका मोडेलहरू फरक–फरक आवश्यकता अनुसार उपलब्ध छन् ।

बलियो स्ट्रिट फाइटर लुक्स चाहनेका लागि शक्तिशाली ‘एमटी१५ भी२’ उपयुक्त विकल्प हुन सक्छ भने १५५ सिसी इन्जिन र लिक्विड कुलिङ प्रविधि सहित ‘एरोक्स १५५ल ले नयाँ खालको स्पोर्टी स्कुटरको अनुभव दिन्छ । अफ–रोड साहसिक यात्राका लागि अत्यन्तै कडा र भरपर्दो बनावटको ‘डब्लूआर १५५आर’ तयार रहेको यामाहा नेपालले जनाएको छ ।

दैनिक सवारीका लागि स्टाइल, पर्फर्मेन्स र लक्जरीको उत्कृष्ट संयोजन चाहनेका लागि एफजेड–एस भी३ आदर्श विकल्प हो, जसमा यामाहाको विश्वासिलो ब्लु कोर प्रविधि र मस्कुलर स्ट्रीट डिजाइन समावेश गरिएको छ । नेपालमा एमएडब्लू राइड्स अन्तर्गत सञ्चालन भइरहेको यामाहा, अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र उत्कृष्ट ग्राहक सेवाका लागि अत्यन्तै विश्वासिलो ब्रान्ड हो ।

यामाहा सधैं नयाँ प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्दै नेपालभर उत्कृष्ट सवारी अनुभव प्रदान गर्न प्रतिबद्ध छ । आफ्नै नजिकको आधिकारिक यामाहा शोरूममा गएर यो भव्य एक्सचेन्ज अफरको फाइदा लिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?