+
+
Shares

संक्रमणकालीन न्याय : कुन आयोगमा कसको नाम ? (सूचीसहित)

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिले दुई आयोगमा आठ जना सम्भावित अध्यक्षहरूको नामावली सार्वजनिक गरेको हो । अब यही सूचीमध्येबाट दुई अध्यक्षको नाम सिफारिस हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते २२:५०

१४ वैशाख, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगका पदाधिकारीहरूका लागि ३४ जनाको संक्षिप्त सूची प्रकाशित भएको छ ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिले दुई आयोगमा आठ जना सम्भावित अध्यक्षहरूको नामावली सार्वजनिक गरेको हो । अब यही सूचीमध्येबाट दुई अध्यक्षको नाम सिफारिस हुनेछ ।

समितिले अध्यक्षमा पाँच जनाको नाम दुवै आयोगको अध्यक्षका लागि सार्वजनिक गरेको छ । अग्निप्रसाद थपलिया, डिल्लीराज आचार्य, लीलादेवी गड्तौला, विजय सिंह सिजापति र विश्वराज कोइरालाको नाम दुवैतिर छ ।

लीलादेवी गड्तौलाबाहेक अरु चार जनाको नाम दुवै आयोगको सदस्यमा पनि सिफारिसमा परेको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि अरु थप दुई जनाको नाम सिफारिस छ । महेश थापा र शेरबहादुर केसी सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा सिफारिस छ ।

बेपत्ता छानविन आयोगको अध्यक्षका लागि अरु बाहेक अच्युतप्रसाद भण्डारीको नाम पनि संक्षिप्त सूचीमा छ । उनको नाम सत्य निरुपण तथा मिलमिलाप आयोगको सदस्यमा पनि सिफारिस छ ।

गड्तौला, केसी र थापाबाहेक अरु सबै सिफारिस भएकाहरू दुवै आयोगको सदस्यमा पनि सिफारिस छन् ।

सिफारिस भएकामध्ये अधिकांशको नाम दुवै आयोगको सदस्यमा सिफारिस छ । कविता पाँडे, कुमारी कौशल्या ओझा, कुलप्रसाद शर्मा, गोपालनाथ योगी, गोपालप्रसाद लम्साल, नरेन्द्रकुमार केसी, नागेन्द्र लाभ कर्ण, पदमबहादुर शाही, ब्रम्हदेव राय यादव, डा. मानबहादुर विश्वकर्मा, रामकुमार आचार्य, रामकान्त तिवारी, रेश्मा थापा, विनिता नेपाली, श्रृजना पोखरेल, सुबोधराज प्याकुरेल र डा. हेमराज सुवेदीको नाम दुवै आयोगको सदस्यमा सिफारिस भएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगको सदस्यका लागि मात्रै सिफारिस हुने सात जना छन् ।

कृष्णप्रसाद पौडेल, कृष्णप्रसाद सुवेदी, नवलकिशोर यादव, राजुप्रसाद चापागाई, विनोदमोहन आचार्य, वीरेन्द्रप्रसाद थपलिया, शोभाकर बुढाथोकी सत्य निरुपण तथा मिलमिलाप आयोगको सदस्यमा सिफारिस भएका हुन् ।

सन्तोषबाबु सिग्देल मात्रै एक जना हुन् जो बेपत्ता छानविन आयोगको सदस्यमा मात्रै सिफारिस भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?