१४ वैशाख, काठमाडौं । लिभरपुलले चार खेल अगावै प्रिमियर लिग २०२४-२५ को उपाधि जितेको छ । लिगमा आइतबार राती घरेलु मैदानमा टोटनहमलाई ५-१ ले पराजित गर्दै लिभरपुल लिग च्याम्पियनको ट्रफी निश्चित गरेको हो ।
एनफिल्डमा भएको खेलमा सुरुमा गोल व्यहोरेपनि लिभरपुलले पुनरागमन गर्दै सानदार जित हात पार्यो । लिभरपुलले म्यानचेष्टर युनाइटेड समान २० पटक इंग्लिस शीर्ष डिभिजनको लिग जित्ने कीर्तिमान बराबरी गरेको छ ।
लिभरपुलका लागि लुइस डियाज, एलेक्सिस म्याक एलिस्टर, कोडी गाक्पो र मोहम्मद सालाहले एक-एक गोल गरे । टोटनहमले एक आत्मघाती गोल उपहार दिएका थिए ।
टोटनहमका लागि डोमिनिक सोलान्केले गोल गरे ।
प्रशिक्षक आर्ने स्लटको पहिलो सिजनमै लिभरपुलले प्रिमियर लिग उपाधि जितेको हो ।
प्रतिक्रिया 4