१५ वैशाख, काठमाडौं । म्यानचेष्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा नटिङहम फरेस्टलाई २-० ले पराजित गर्दै सिटीले फाइनलमा स्थान बनाएको हो ।
सिटीले अब उपाधिका लागि लागि क्रिस्टयल प्यालेससँग खेल्नेछ । प्यालेसले एस्टन भिल्लाला२ हराएर फाइनलमा स्थान बनाइसकेको छ ।
वेम्बली स्टेडियममा भएको खेलको दोस्रो मिनेटमै रिको लेविसले माटेओ कोभासिसको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । अर्को गोल जस्को गार्डिओलले दोस्रो हाफमा गरे । उनले ५१औं मिनेटमा ओमार मारम्सको पासमा गोल गरेका थिए ।
७ पटकको विजेता सिटी लगातार तेस्रो पटक एफए कप फाइनल पुगेको हो । पछिल्लो पटक सन् २०२३ मा उपाधि जितेको सिटी २०२४ मा भने म्यानचेष्टर युनाइटेडसँग फाइनलमा पराजित भएको थियो ।
प्रतिक्रिया 4