+

डिआरएस र एएसटी पब्जी मोबाइल सुपर लिग सिएसएमा छनोट

२०८२ वैशाख  १५ गते १०:३७ २०८२ वैशाख १५ गते १०:३७
डिआरएस र एएसटी पब्जी मोबाइल सुपर लिग सिएसएमा छनोट

१५ वैशाख, काठमाडौं । नेपालको इ स्पोर्ट्स टोली डिआरएस गेमिङ र ट्राइब एरोमेसी (एएसटी) पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) सेन्ट्रल एण्ड साउथ एसिया (सीएसए) को लागि छनोट भएको छ ।

पब्जी मोबाइल एनसी साउथ एसिया प्रतिस्पर्धामा शीर्ष दुई स्थानमा रहँदै डिआरएस र एएसटीले पीएमएसएल सीएसएमा स्थान पक्का गरेको हो ।

तीन दिनसम्म अनलाइनमा भएको प्रतिस्पर्धामा डिआरएस १२५ अंक जोडेर शीर्ष स्थानमा रहँदा ट्राइब एरोमेसी ११४ अंकसहित दोस्रो भयो । ११० अंक जोडेर तेस्रो स्थानमा रहेको रोएल गुर्खाज थोरैले चुक्यो ।

यस प्रतिस्पर्धामा नेपालबाट १२ सहित कूल १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

अब डिआरएस गेमिङ र एएसटीले पीएमएसए सीएसएमा प्रतिस्पर्धा गर्नेछन् । यसमा साउथ एसियाबाट ८ र सेन्ट्रल एसियाबाट १२ गरी कूल २० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

२० टिमको प्रतिस्पर्धा मे तेस्रो सातादेखि सुरु हुनेछ । फाइनल चरण जुनमा हुनेछ । यसबाट शीर्ष तीन टिम साउदी अरेबियामा हुने पब्जी मोबाइ वर्ल्ड कप २०२५ मा छनोट हुनेछ ।

डिआरएस गेमिङ पब्जी मोबाइल सुपर लिग सिएसए पीएमएनसी एसए पीएमएसएस सीएसए

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय