
१५ वैशाख, काठमाडौं । बजारमा सागको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार ४ प्रकारका सागको भाउ बढेको देखाएको हो ।
आज सोमबार कालीमाटी बजारमा रायो, पालुंगो, चम्सुर र मेथीको सागको भाउ बढेको छ । आज रायो सागको भाउ प्रतिकिलो थोकमा २० रुपैयाँ बढेको छ । आइतबार प्रतिकिलो ५५ रुपैयाँमा कारोबार भएको साग आज ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै पालुंगो साग र चम्सुर साग हिजो प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएकोमा आज ८५ रुपैयाँ कायम छ । मेथी साग ८५ रुपैयाँबाट बढेर प्रतिकिलो १ सय रुपैयाँ पुगेको छ ।
अहिले सागको सिजन सकिन लागेको र आपूर्ति कम भएकाले पनि सागको मूल्य बढ्दै गएको व्यवसायीहरू बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4