
काठमाडौं । भारतीय संगीत उत्पादन कम्पनी ‘टि सिरिज’ले नेपाली गायक सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’लाई हिन्दी भाषामा सार्वजनिक गरेको छ । टि सिरिजले सोमबार आफ्नो युट्युब च्यानलबाट गीत दर्शकमाझ ल्याएको हो ।
हिन्दी भर्सनमा गीतको बोल ‘उफ’ राखिएको छ । गीतको भिडियोमा सुशान्त र स्वस्तिमा खड्का फिचर्ड छन् । भिडियोको सेटिङ एउटै भएपनि नेपालीमा फिचर्ड हुने अन्य कलाकारलाई भने हिन्दी भर्सनमा देखाइएको छैन ।
इन्द्रकला राईको नेपाली गीतलाई भने जस्ताको तस्तै राखिएको छ । गीतको नेपाली संस्करण निकै हिट भएको थियो । यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत स्ट्रिमिङ भएको थियो ।
भारतीय चर्चित म्युजिक लेबलसँग नेपाली इन्टरनेट प्लाटफर्ममा रुचाइएका गायकको यो सहकार्यलाई महत्वका साथ लिइएको छ । टि सिरिजले यसअघि पनि केही नेपाली संगीतकर्मीसँग सहकार्य गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4