+
+
Shares
नाटक :

मण्डला थिएटरमा ‘कथा-एक’ नाटकको मञ्चन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १५ गते १४:५९

काठमाडौं । मानवीय सम्बन्धका जटिलताहरूमा आधारित नाटक ‘कथा-एक’ अहिले मण्डला थिएटरमा मञ्चन भइरहेको छ । निर्देशक अनुप न्यौपानेको निर्देशनमा तयार पारिएको नाटकले एक जोडीको सम्बन्धमा आउने अन्योल, त्याग, सम्झौता र बोधको भावनात्मक यात्रालाई चित्रण गरेको छ ।

अनुप न्यौपाने र प्रेम सिलवाल विश्वकर्माले संयुक्त रूपमा लेखेको र दुबैको लेखनमा डेब्यु रहेको यो नाटकले घनिष्ठ सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गर्छ । यस नाटकका सहनिर्देशक मिलन कार्की हुन् ।

नाटकमा वेदना राई, प्रेम सिलवाल विश्वकर्मा, मिलन कार्की, संयोग गुरागाईं, सनम श्रेष्ठ, क्रिस्टिना बस्नेत र अजय कार्कीले अभिनय गरेका छन् । नाटकमा सागर खाती कामी र पुरण दियालीले प्रत्यक्ष संगीत प्रस्तुत गरेका छन् भने सुमित्रा पेहिम प्रकाश व्यवस्थापन सम्हालेकी छन् ।

नाटक बैशाख २८ गतेसम्म प्रत्येक दिन (सोमबारबाहेक) बेलुकी ६ः३० बजे मञ्चन हुनेछ । हरेक शुक्रबार र आइतबार दिउँसो ४ः०० बजे तथा शनिबार दिउँसो ३ः०० बजे अतिरिक्त शोहरू हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?