+
+
Shares

नागरिक उड्डयन विधेयकमा सांसद बजगाईंका १२ बुँदे सुझाव

अन्तर्राष्ट्रिय महासन्धिहरूको मर्मअनुसार र आइकाओको सिफारिसमा आधारित रही प्रस्तावित विधेयक र पर्यटनमन्त्री दुवै सचेत हुनुपर्ने सांसद बजगाईंको सुझाव छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १५ गते १५:२७
फाइल तस्वीर

१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ का सम्बन्धमा १२ बुँदे सुझाव प्रस्तुत गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा विधेयकमाथि छलफलमा भाग लिँदै उनले नागरिक उड्डयन सुधारका लागि आफ्ना सुझाव राखेका हुन् ।

सांसद बजगाईंले प्रस्तुत गरेका सुझाव यस्ता छन् :

१. सुरक्षा पहिलो प्राथमिकता : कडा सुरक्षा र निरीक्षण मापदण्ड लागु गर्नुपर्ने

२. यात्रु अधिकार : यात्रुहरूका लागि फिर्ती, ढिलाइ र गुनासो निवारणमा स्पष्टता

३. अनुमतिपत्र वितरण प्रणाली : पाइलट, चालकदल र एयरलाइन्सका लागि कडाइयुक्त अनुमति प्रक्रिया

४.  आधुनिक हवाई ट्राफिक : हवाई ट्राफिक नियन्त्रण प्रणालीको आधुनिकीकरण,

५. विमानस्थल नियमन : निजी लगानी प्रववर्द्धनसहित कडा नियमन

६. सुरक्षा व्यवस्थापन : विमानस्थल र उडान सुरक्षा बलियो बनाउने

७.  स्वच्छ प्रतिस्पर्धा : एकाधिकार रोकथाम र भाडादर नियमन

८. पर्यावरण संरक्षण : उत्सर्जन कटौती र हरित प्रविधि प्रवर्द्धन

९. ड्रोन व्यवस्थापन : ड्रोन तथा यूएभी सञ्चालनका लागि स्पष्ट नियम

१०. दुर्घटना जाँच : स्वतन्त्र र पारदर्शी दुर्घटना अनुसन्धान प्रक्रिया

११.  अन्तर्राष्ट्रिय सहकार्य : अन्तर्राष्ट्रिय उड्डयन सम्झौताहरूको पालना

१२. भविष्य उन्मुख : ड्रोन, उड्ने ट्याक्सी र हरित इन्धन प्रवर्द्धन

अन्तर्राष्ट्रिय महासन्धिहरूको मर्मअनुसार र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को सिफारिसमा आधारित रही प्रस्तावित विधेयक र पर्यटनमन्त्री दुवै सचेत हुनुपर्ने सांसद बजगाईंको सुझाव छ ।

यथाशीघ्र स्पष्ट कार्ययोजना ल्याएर र व्यावहारिक निर्णय मार्फत नेपाली उड्डयन क्षेत्रको छवि अन्तर्राष्ट्रिय स्तरमा सुधार गर्न आवश्यक रहेको पनि उनले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?