+
+
Shares

कमल थापाले भने : हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट बढ्ने छ

चैत १५ को प्रदर्शनमा सहभागी रविन्द्र मिश्र लगायत निर्दोष भएको जिकीर

‘आज यो मञ्‍चबाट सरकारलाई प्रष्ट पार्न चाहन्छु, तपाईंहरुको योजना, तपाईंहरुको षडयन्त्र जनताले बुझिसकेका छन्,’ थापाले भने, ‘तपाईंहरुले बुझिराख्दा हुन्छ हिन्दु राष्ट्र र पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट सशक्त ढंगले अगाडि बढ्ने छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १५ गते १५:३४

१५ वैशाख, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगले अघि बढ्ने बताएका छन् । ्

काठमाडौंको शान्तिवाटीकामा आज आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो घोषणा गरेका हुन् ।

सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेका नेताहरु सहभागी छन् ।

सो कार्यक्रम पूर्वमन्त्री समेत रहेका थापाले नयाँ सन्देश दिन र नयाँ संकल्प गर्न भेला भएको बताए । ‘यो जनप्रदर्शनको माध्यमबाट केही सन्देश दिन, केही संकल्प गर्न र केही उदघोष गर्न भेला भएका छौं ।’

उनले चैत १५ गते राजावादीहरुले तीनकुनेमा आयोजना गरेको हिंसात्मक प्रदर्शनमा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायतलाई रिहा गर्न थापाले माग गरे । उनले उनीहरु निर्दोष भएको जिकिर गरे ।

तीनकुनेको प्रदर्शनलाई हिंसात्मक बनाउने काम स्वयं सरकारबाट भएको आरोप उनले लगाए ।

‘आज यो मञ्‍चबाट सरकारलाई प्रष्ट पार्न चाहन्छु, तपाईंहरुको योजना, तपाईंहरुको षडयन्त्र जनताले बुझिसकेका छन्,’ थापाले भने, ‘तपाईंहरुले बुझिराख्दा हुन्छ हिन्दु राष्ट्र र पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट सशक्त ढंगले अगाडि बढ्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?