+

दृष्टि आई केयरले भित्र्यायो आँखा उपचारमा नयाँ प्रविधि

२०८२ वैशाख  १५ गते १५:०० २०८२ वैशाख १५ गते १५:००
दृष्टि आई केयरले भित्र्यायो आँखा उपचारमा नयाँ प्रविधि

१५ वैशाख, काठमाडौं । दृष्टि आई केयर सेन्टरले आँखाको उपचारमा नयाँ प्रविधि भित्र्याएको छ । अस्पतालको आठौं वार्षिकोत्सवको उपलक्ष्यमा अस्पतालले आँखा उपचारमा नयाँ प्रविधियुक्त कर्नियल क्रस लिंकिङ सेवा सुरु गरेको हो ।

आँखा उपचारमा यो अत्याधुनिक प्रविधि केराटोकोनस तथा अन्य कर्नियल समस्याबाट पीडित बिरामीका लागि प्रभावकारी मानिन्छ । यो प्रविधिले कर्निया मजबुत बनाउने र दृष्टि संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने अस्पतालले जनाएको छ।

दृष्टि आई केयरले आफूलाई नेपालमा निजी क्षेत्रबाट सञ्चालित आँखा अस्पतालहरूमध्ये सबैभन्दा ठूलो सञ्जाल भएको अस्पताल दाबी गर्दै आएको छ ।

अस्पतालले स्थापनादेखि नै सर्वसुलभ रुपमा अत्याधुनिक प्रविधिबाट गुणस्तरीय सेवा प्रदान गर्दै आएको दृष्टि आई केयर कलंकीका प्रमुख कार्यकारी अधिकृत डा. भाइराजा श्रेष्ठले बताए । ‘बिना सुई मोतियाविन्दु शल्यक्रिया सेवा सफलतापूर्वक सञ्चालन गर्दै आएको अस्पतालले अब कर्नियल क्रस लिंकिङ प्रविधिको थालनी गरेर उपचार सेवामा नयाँ फड्को मारेको छ’ श्रेष्ठले भने ।

अस्पतालका मेडिकल निर्देशक डा. सविता पालिखेले आगामी दिनमा नयाँ प्रविधियुक्त रिफ्राक्टिभ सर्जरी सेवा पनि थपिने जानकारी दिइन् ।

आँखा उचापर दृष्टि
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय