
१५ वैशाख, काठमाडौं । नागरिक उड्डयन प्राधिकरण विधेयकमा ७२ घण्टे संशोधनको समय खुला भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकले यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृति गरेको छ । यो सँगै सांसदहरूका लागि संशोधनको समय खुला भएको हो ।
यो विधेयक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ल्याएका हुन् ।
१९ माघ २०८१ मा यो विधेयक प्रतिनिधिसभामा दर्ता भएको थियो । सोमबार विधेयकमाथि सैद्धान्तिक छलफल भएपछि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो । यो सँगै अब विधेयकमाथि सांसदहरूले संशोधन हाल्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4