+
+
Shares

राजावादी सभा : रवीन्द्र मिश्रको नाम लिँदै रिहा गर्नुपर्ने माग गरेका नेताले लिएनन् प्रसाईंको नाम

उनीहरु तीनकुने घटनामा सरकारबाटै दमन भएको बताए । थुनामा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको नाम लिँदै रिहा गर्नुपर्ने माग गरे । तीनकुने घटनाका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंको नाम भने कसैले लिएनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १५ गते १७:५०

१५ वैशाख, काठमाडौं । राप्रपा नेपालको आयोजनमा रत्नपार्कस्थित शान्तिवाटीकामा भएको राजावादीको सभामा दुर्गा प्रसाईंको नाम नै उच्चारण नगरी सकिएको छ ।

सभामा राप्रपा नेपालका अध्यक्ष कमल थापादेखि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट, शिव सेना नेपालका उपाध्यक्ष गंगा चौधरी लगायतले सभालाई सम्बोधन गरेका थिए ।

उनीहरु तीनकुने घटनामा सरकारबाटै दमन भएको बताए । थुनामा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको नाम लिँदै रिहा गर्नुपर्ने माग गरे । तीनकुने घटनाका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंको नाम भने कसैले लिएनन् ।

सरकारले नै कार्यक्रम नै गर्न नदिई भड्काउने योजना अनुसार अश्रु ग्यास प्रहार गरेको आरोप लगाएका उनीहरुले प्रसाईंका बारेमा नबोली आफ्नो मन्तव्य टुंग्याएका थिए ।

उक्त सभामा प्रसाईंको नाम लिएर बोल्ने एक जना व्यक्ति मात्रै थिए, सतिश पोखरेल । उनी दुर्गा प्रसाईंको महाअभियानमै रहेका व्यक्ति हुन् ।

उनले सुरुमै सम्बोधन गर्दै प्रसाईंलाई रिहा गर्नुपर्ने माग गरेका थिए । उनी बाहेक राजावादी नेताहरुले प्रसाईंको नाम नै उच्चारण नगरी सभा सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?