+
+
Shares

माधव नेपालको स्पष्टीकरण- शिक्षकले नारा लगाएर स्वागत गरे

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १५ गते १८:०५

१५ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सोमबार दिउँसो आफूसहित पार्टीका नेताहरूलाई ताली बजाउँदै नारा लगाएर स्वागत गरेको स्पष्टीकरण दिएका छन् ।

उनले विभिन्न सञ्चारमाध्यममा आफूहरूलाई आन्दोलनरत शिक्षकले ‘यहाँ नआउनू’ भन्दै आएका समाचारप्रति आपत्ति जनाउँदै यस्तो स्पष्टीकरण दिएका हुन् ।

‘शिक्षकहरूले हामीलाई खेदेका होइनन्, स्वागत गरेका हुन् । ताली बजाएर, नारा लगाएर, मुठ्ठी उचालेर हामीले नारामा साथ दिएका थियौं,’ अध्यक्ष नेपालले भने ।

सोमबार दिउँसो नयाँ बानेश्वरमा शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता दिन भन्दै नेपालसहित एकीकृत समाजवादीका नेताहरू पुगेका थिए । सो क्रममा शिक्षकहरू आफ्नो आन्दोलनमा नभइ संसद्मा बोल्नुपर्ने भन्दै ‘यहाँबाट गइदिनुस्’ भनेका थिए ।

तर, अध्यक्ष नेपालले घटना त्यस्तो नभइ शिक्षकहरूले भव्य स्वागत गरेको जिकिर गरे ।

‘सोही अनुसार हामी शिक्षकको आन्दोलनलाई ऐक्यबद्धता जनाउनका लागि पुगेका थियौं । पार्टीका नेता र संसद्मा भएका सांसदहरूको पंक्ति त्यहाँ पुगेका थियौं,’ उनले भनेका छन्, ‘शिक्षकहरूले भव्य स्वागत गर्नुभयो । हामीले शिक्षकहरूको मागप्रति ऐक्यबद्धता जारी गर्‍यौं ।’

अध्यक्ष नेपालले शिक्षकहरूमा अझै धेरै उत्साह र मनोबल बढेको आफूहरूले पाएको पनि बताएका छन् ।

‘बाहिर गरिएका स्टन्टबाजीका कुनै अर्थ छैन । यो कुरालाई प्रष्ट पार्न चाहन्छु । शिक्षक र आम जनताका जायज मागका लागि उभिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?