१५ वैशाख, काठमाडौं । आईसीसी महिला टी२० विश्वकप एसिया छनोटअघिको अन्तिम तयारीका लागि भारत पुगेको नेपाली महिला क्रिकेट टोलीले दिल्लीसँगको पहिलो अभ्यास खेलमा हार बेहोरेको छ ।
नेपाली महिला टोली दिल्लीसँग ३८ रनले पराजित भएको हो । दिल्लीले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो । रुबी पोदारले सर्वाधिक २३ रन बनाउँदा कविता जोशीले अविजित २१ रन बनाइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १२९ रन बनाएको थियो । आयुषी सोनीले अविजित ४६ तथा उपासना यादवले ३७ रन बनाइन् ।
नेपालका लागि कविता कुँवर, मनिषा उपाध्याय र कप्तान इन्दु बर्माले १-१ विकेट लिए ।
प्रतिक्रिया 4