
१५ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
प्रकाउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका-२ घर भई हाल काठमाडौं-३२ बस्ने ५१ वर्षीया मुना कार्की रहेकी छिन् ।
उनलाई अपरा अनुसन्धान कार्यालयको टोलीले काठमाडौं १२ बाट पक्राउ गरकोो ।
उनले बेरोजगार युवालाई झुक्यानमा पारेर दक्षिण कोरिया लैजाने भन्दै ३ लाख ४० हजार लिएर लामो समय सम्पर्कविहीन भएको पीडितको आरोप छ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4