१५ वैशाख, काठमाडौं । नेपालकी देवकीमाया श्रेष्ठ एसियाली जुडो च्याम्पियनसिपमा बलियो प्रतिद्वन्द्वी मंगोलियाकी नान्दिन इर्दिने म्यागमारसुरेनसँग पराजित भएकी छन् ।
महिला ५२ केजीमुनि देवकी विश्व च्याम्पियनसिपकी कास्य विजेता नान्दिनसँग पराजित भइन् । उत्कृष्ट प्रदर्शन गर्दै पूरा समय खेलेकी देवकी गोल्डेन स्कोरमा पराजित भएको प्रशिक्षक मोहन सुनुवारले जनाएका छन् ।
बन्दी सहायता नियोग (पाम) की उत्पादन देवकी विश्व वरीयतामा ३०४औं तथा नान्दिन ७५औं स्थानमा छन् । अप्रिल २५ देखि २७ तारिखसम्म थाइल्यान्डको बैंकमा भएको प्रतियोगितामा देवकीसहित नेपालबाट ६ खेलाडीले सहभागिता जनाएका थिए ।
महिला ५७ केजीमुनि ओलम्पियन मनीता श्रेष्ठ प्रधानले पहिलो चरणमा फिलिपिन्सकी खेलाडीलाई हराइन् भने दोश्रो चरणमा काजाकिस्तानकी खेलाडीसंग चुकिन् । महिला ७० केजीमुनि भारतीय खेलाडीले रञ्जना खड्कालाई पाखा लगाइन् ।
पुरुष ६० केजीमुनि विकास विकले तुर्कमिनिस्तानका खेलाडीलाई हराए भने दोश्रो चरणमा बहराइनका खेलाडीसंग पछि परे । ६६ केजीमुनि विशेष विक तुर्कमिनिस्तान र ९० केजीमुनि विपिन तामाङ भियतनामका खेलाडीसंग पराजित भए ।
नेपाली टोली सोमबार राती १०ः३० बजे काठमाडौं अवतरण गर्ने छ ।
प्रतिक्रिया 4