+
+
Shares

महावाणिज्य दूतावासले आयात–निर्यातलाई सहजीकरण गर्छ : महावाणिज्यदूत आचार्य

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १५ गते २०:००

१५ वैशाख, काठमाडौं। भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्यले कोलकाता र हल्दियाबाट वीरगञ्जसम्म हुने आयात तथा निर्यातसम्बन्धी गतिविधिलाई आफूले सहजीकरण गर्ने बताएका छन्।

कोलकातास्थित नेपाली महावाणिज्य दूतावास तथा वीरगञ्ज उद्योग बाणिज्य संघले वीरगञ्जमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘हाम्रो कार्यक्षेत्रभित्र व्यापार सहजीकरण र स्तरोन्नतिमा हामीले सक्दो भूमिका खेल्नेछौं,’ उनले भने ।

आयात निर्यातका क्रममा नेपालका उद्योगी र व्यवसायीले भोग्नु परिरहेका समस्या समाधानका लागि दूतावास सदैव तत्पर रहेको उनले बताए । ‘व्यापार सहजीकरण, पर्यटन क्षेत्रको प्रवद्र्धन र स्तरोन्नतिका लागि कतिपय समस्या समाधान गर्न विभिन्न निकाय एवम् भारतीय उच्च पदस्थ अधिकारीसँग समन्वयसमेत गर्नुपर्ने हुँदा कहिलेकाही ढिला हुने गरेको छ, तर हामी सकेसम्म समाधान निकाल्छौं,’ उनले भने ।

कोलकाता र हल्दिया बन्दरगाहका साथै वीरगञ्‍जस्थित एकीकृत सुरक्षा जाँच चौकी र सिर्सिया सुक्खा बन्दरगाहसँग जोडिएका व्यावहारिक कठिनाइलाई संयुक्त सहकार्यमा समाधान गर्न सकिने वीरगञ्‍ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेले बताए ।

आयातको लागत कटौती गरी प्रतिस्पर्धी बनाउदै जानुपर्ने वीरगञ्‍ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष माधव राजपालले बताए । नेपालमा आयात हुने सामानको लागत बढ्दै गइरहेकाले अतिरिक्त शुल्क कटौती गर्दै जानुपर्ने उनले बताए ।

‘सिपिङ कम्पनीहरुले कन्टेनर विलम्ब शुल्क, कन्टेनर मर्मत शुल्कलगायतका नाममा नेपाली आयातकर्ताबाट रकम असुल गरिरहेका छन् । यसरी एउटै प्रकृतिको कामको लागि दोहोरो रकम असुल गरिरहँदा आयातकर्ताको लागत बढेको छ,’ उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?