+
+
Shares

सरकारसँग वार्ता गर्नुअघि शिक्षक महासंघको आकस्मिक बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १५ गते २१:५५

१५ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघको आकस्मिक बैठक बसिरहेको छ । मन्त्रिपरिषद्‌बाट शिक्षकको विषयमा केही निर्णय भएमा महासंघले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने संकेत दिएको छ ।

स्रोतका अनुसार सरकार र शिक्षक महासंघबीच आजै केहीबेरमा वार्ता हुँदैछ । त्यसअघि शिक्षक महासंघका नेताहरू छलफलमा जुटेका हुन् ।

यसघि महासंघकै सहअध्यक्ष नानुमाया पराजुलीले पनि क्याबिनेटबाट निर्णय भएमा आन्दोलनको मोडालिटी परिवर्तन गर्ने बताएकी थिइन ।

‘मन्त्रिपरिषद् र मन्त्रालयबाट हुने निर्णय निसर्त होस् । ऐन जारी गर्ने डेट लाइन तोकियोस् । हामी आन्दोलनको मोडालिटी परिवर्तन गर्छौं भनेकै छौं,’ आन्दोलन परिचालन कमिटिको संयोजकसमेत रहेकी सहअध्यक्ष पराजुली भनिन् ।

२७ दिनदेखि शिक्षकहरू आन्दोलनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?