
१५ वैशाख, काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूको माग भोलि र पर्सिसम्ममा सम्बोधन हुने बताएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका माग सम्बोधन गर्नेगरी शिक्षामन्त्री रघुजी पन्तलाई जिम्मेवारी दिएको हो ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार शिक्षकका माग सम्बोधन गर्नका लागि शिक्षामन्त्री पन्तले लगातार छलफल गरिरहेका छन् ।
स्रोतका अनुसार आजै शिक्षक महासंघका प्रतिनिधिहरूसँग शिक्षामन्त्री पन्तले छलफल गर्दैछन् ।
‘भोलि या पर्सिसम्म शिक्षक आन्दोलनले उठाएको मागको सम्बोधन हुने, अवस्था सरकारले वातावरण निर्माण गर्दैछ,’ गुरुङले भने ।
यसघि महासंघकै सहअध्यक्ष नानुमाया पराजुलीले पनि क्याबिनेटबाट निर्णय भएमा आन्दोलनको मोडालिटी परिवर्तन गर्ने बताएकी थिइन् ।
अहिले नेपाल शिक्षक महासंघको आकस्मिक बैठक बसिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4