+
+
Shares

शिक्षक आन्दोलन : विद्या भट्टराईले तयार गरेकै ‍७ बुँदालाई टेकेर सहमति खोजिंदै

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते ८:२८

१६ वैशाख, काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बन्दै गएको छ।

सोमबार राति बसेको वार्ता सहमति नजिक पुगेपछि शिक्षक आन्दोलन निष्कर्ष पाउने दिशामा अघि बढेको छ ।

सरकारले शिक्षकसँग निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले नै तयार गरेको सात बुँदालाई टेकेर सहमति गर्ने तयारी गरेको छ ।

आज पनि वार्ता बस्दै छ । त्यसअघि आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आन्दोलनमा सहभागी भएका सबै शिक्षक संघ-संगठनसँग छलफल गर्दैछ ।

सरकारले पनि आजै बस्ने मन्त्रिपरिषद्बाटै आन्दोलनका माग सम्बोधनका विषयमा निर्णय गर्ने तयारी गरेको छ ।

शिक्षकहरूको मुख्य माग विद्यालय शिक्षा ऐन जारी गर्नु हो । यो ऐन जारी गर्ने सम्बन्धमा प्रमुख सचेतकहरुको बैठक बसेर पारित गर्ने समयावधिको निश्चित गर्ने तयारी गरिएको छ ।

शिक्षकका माग सम्बोधन गर्ने विषयमा सोमबार नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्का निवासमा सत्तारुढ दल र शिक्षक नेताहरूको संयुक्त बैठक बसेको थियो । उक्त बैठक सहमति नजिक पुगेको सहभागी नेताहरूले बताएका छन् ।

बैठकमा कांग्रेस उपसभापति खड्का, दुई महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, एमालेबाट माहासचिव शंकर पोखरेल, मन्त्रीहरु अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्त सहभागी थिए । शिक्षक महासंघबाट लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा पदाधिकारी सहभागी भएका थिए ।

छलफलपछि सोमबार राति नै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई ब्रिफिङ गरिएको थियो ।

सोमबार सरकार र शिक्षक प्रतिनिधिबीच पनि वार्ता भएको थियो । उक्त वार्ता पनि सकारात्मक रुपमा अघि बढेको छ । आज हुने वार्ताबाट आन्दोलनले निकास निस्कने शिक्षक र सरका रपक्षको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?