
१६ वैशाख, काठमाडौं । संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वी.पी.कोइराला र योगमाया राष्ट्रिय पुरस्कार-२०८१ बाट सम्मानित हुने व्यक्तिको नाम घोषणा गरेको छ ।
यही वैशाख ४ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार वीपी कोइराला राष्ट्रिय पुरस्कार दुवै विधामा दुई/दुई जनालाई प्रदान गरिने भएको छ ।
मन्त्रालयका अनुसार राजनीतीक दर्शनतर्फ सुनसरीकी मीना सुब्बा र अछामका नयनसिंह कडायतलाई प्रदान गर्ने निर्णय भएको छ । यो पुरस्कार २ लाख राशिको हो । दुई जनालाई एक/एक लाखका दरले प्रदान गरिनेछ ।
साहित्यतर्फ पाँचथरका तिलविक्रम नेम्बाङ (बैरागी काइँला) र मोरङका भुवन ढुंगानालाई प्रदान गरिने भएको छ । यसको राशि पनि २ लाख नै हो । एक/एक लाखका दरले प्रदान गरिने मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयको यही वैशाख ७ गते को निर्णय अनुसार एक लाख राशिको योगमाया राष्ट्रिय पुरस्कार बर्दियाकी डा.निलम कार्की निहारिकालाई प्रदान गरिनेछ ।
प्रतिक्रिया 4