
१६ वैशाख, काठमाडौं । हाथवे इन्भेस्टमेन्ट कम्पनीको नाफा ४७ प्रतिशतले घटेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ३ करोड ९२ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ७ करोड ५० लाख रुपैयाँ थियो ।
कम्पनीको सञ्चालन आम्दानी घट्दा नाफामा असर परेको देखिन्छ । सञ्चालन आम्दानी पहिले २३ करोड ३९ लाख रुपैयाँ रहेकोमा अहिले १० करोड छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पहिले ३ रुपैयाँ ८९ पैसा रहेकोमा अहिले १ रुपैयाँ ८५ पैसामा झरेको छ ।
प्रतिसेयर नेटवर्थ ७८ रुपैयाँ ३३ पैसा छ । कम्पनीको सञ्चित नाफा २८ करोड ६२ लाख रुपैयाँ छ ।
अंकित मूल्य ५० रुपैयाँमा जारी भएको सेयरको मूल्य अहिले १ हजार ३३४ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात ७२१ गुणा छ । अंकित मूल्यभन्दा बजार मूल्य २६ गुणा धेरै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4