+
+
Shares

बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर लगाइन् आगो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १०:५५

१६ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छिन् ।

बालाजुस्थित जागृती टोल बस्ने ४५ वर्षीया बिना श्रेष्ठले आफ्नो शरीरमा आफैं आगो लगाएकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराका अनुसार आइतबार राति करिब १० बजेतिर ती महिलाले शरीरमा आगो लगाएकी हुन् । श्रीमानसँग विवाद भएपछि उनले आफ्नै शरीरमा पट्रोल छर्केर आगो लगाएको पाइएको प्रहरीको भनाइ छ ।

उनको नयाँबजारस्थित पिपल्स अस्पतालमा उपचार भइरहेको छ ।  उनको पेट, छाती र वाँया हात गरी करिब २५ प्रतिशत भाग जलेको चिकित्सकको भनाइ छ ।

घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?