+
+
Shares

गृहले गर्‍यो तीन जिल्लाका सीडीओ सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते ११:१४

१६ वैशाख, काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लाका सीडीओ हेरफेर तथा पदस्थापना गरेको छ । मन्त्रालयका अनुसार सहसचिव रामकृष्ण अधिकारीलाई तनहुँको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

यसैगरी तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको भने रामेछाप सरुवा भएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई गृह मन्त्रालय तानिएको छ ।

मन्त्रालयमा रहेका बद्रिनाथ गैह्रेलाई जिल्ला प्रशासन कार्यालय दैलेख पठाइएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी एवम् उपसचिव नवराज जैशीलाई मन्त्रालय तानिएको छ ।

यसैगरी गृह मन्त्रालयका सहसचिव बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कामकाजका लागि पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?