१६ वैशाख, काठमाडौं । धरान रन समूहका संस्थापक तथा नेपाल रन युकेका संस्थापक सदस्य सन्तोष राईले नेपाली राष्ट्रिय पोशाकमा दौडिएर कीर्तिमान कायम गरेका छन् ।
सन्तोष राईले लण्डन म्याराथनमा नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा दौडिएर गिनिज वर्ल्ड रेकर्ड कायम गरेका हुन् ।उनले निर्धारित दूरी २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा पूरा गरेका थिए।
सन्तोषले खेलमार्फत नेपाली संस्कृति र पहिचानलाई विश्व मञ्चमा पुर्याउने एउटा उद्देश्य सफल भएको बताएका छन् ।
बेलायतवासी कैयौं नेपालीको सहभागिता रहेको म्याराथनमा नेपाली ओलम्पियन सन्तोषी श्रेष्ठले आफ्नै कीर्तिमान तोडेकी छन्। उनले निर्धारित दूरी २ घण्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्।
प्रतिक्रिया 4