+
+
Shares

आशीर्वादले साइन् गरे ‘मायाप्रीति’, दिब्यासँग जोडी बाँध्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १२:२१

काठमाडौं । ‘नाइँ नभन्नू ल ६’ फेम्ड अभिनेता आशीर्वाद क्षेत्री एकपछि अर्को फिल्ममा ब्यस्त हुन थालेका छन् । हालै उनले निरुता सिंहसँगको फिल्म ‘महावीर’ साइन गरे ।

यतिबेला उनले नयाँ फिल्म साइन गरेको खबर छ । यो फिल्ममा उनको अपोजिटमा दिब्या रायमाझी देखिनेछिन् । केही अन्तर्राष्ट्रिय विज्ञापनमा अनुुभव बटुलेका अवि श्रेष्ठले निर्देशन गर्ने ‘मायाप्रीति’मा आशीर्वाद र दिब्याले जोडी बाँध्नेछन् ।

केही समयदेखि कार्यशालामा रहेको यो फिल्म ‘वन टु थ्री स्टुडियोज प्रालिको ब्यानरमा बन्न लागेको हो । जेठ पहिलो सातादेखि छायांकन तयारीमा रहेको यो फिल्ममा कार्यकारी निर्माताको रुपमा निशा अधिकारी र सन्तोष कार्की छन् ।

काठमाडौं, पोखरा र बन्दीपुरमा छायांकन हुनेछ । निर्माताले फिल्मको लगलाइनमा भनेका छन्, ‘मायाप्रीति’ नयाँ पुस्ताको प्रेमकथा हो, जसले प्रेमको मूल्य र महत्वलाई सहज वा असहज परिस्थितिमा पनि एकसमान राख्नेछ ।’

लिभेन्ट्स स्टुडियोले यो फिल्मको लागि कलाकार व्यवस्थापनको कार्य गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?