+
+
Shares

म्याग्दीमा दाउरा प्रहार गरी महिलाको हत्या, श्रीमान् पक्राउ   

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १२:३९

१६ वैशाख, म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा एक व्यक्तिले दाउरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

पर्वतको जलजला गाउँपालिका–३ पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोलका राजु विकले दाउरा प्रहार गर्दा श्रीमती २७ वर्षीय भगवती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक सागर पौडेलले मृतकको शवपरीक्षणका लागि बेनी अस्पतालमा राखिएको र घटनापछि फरार भएका राजुलाई बेनी नगरपालिका–२ को ज्यामरुककोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।

घरायसी विषयमा विवाद हुँदा राजुले श्रीमतीको टाउकोमा दाउरा प्रहार गरेका भगवतीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?