+
+
Shares

वार्ता सकारात्मक भए पनि शिक्षकको प्रदर्शन जारी (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ वैशाख १६ गते १३:११

१६ वैशाख, काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएका शिक्षकहरू आज पनि प्रदर्शन गरेका छन् ।

शैक्षिक हड्ताल गरेर काठमाडौं आएका शिक्षकहरूले माइतीघर-बबरमहत हुँदै नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

शिक्षक र सरकारबीच सोमबार राति भएको वार्ता सकारात्मक बनेको थियो । सोमबारको वार्ता फेरि बस्ने गरी सकिएको थियो ।

शिक्षकहरूले भने सहमति नहुँदासम्म सडकमा प्रदर्शन जारी राख्ने बताउँदै आएका छन् । सोही अनुसार आज पनि उनीहरू प्रदर्शनमा उत्रिएका हसन् ।

शिक्षा ऐन जारी गर्न माग गर्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । जसले गर्दा नयाँ शैक्षिक वर्ष प्रभावित भएको छ । भर्ना अभियान, एसईईको नतिजा, कक्षा १२ को परीक्षा प्रभावित भएको छ ।

यसअघि सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकका माग सम्बोधन गरी विद्यालय फर्काउन आदेश दिइसकेको छ । तर, म्याद सकिंदा पनि अझै सहमति नहुँदा शिक्षकहरू फर्किन मानेका छैनन् ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?