
१६ वैशाख, काठमाडौं। शिक्षकहरूको आन्दोलनका विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् ।
यसक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पार्टीका शिक्षक, विद्यार्थी र चिकित्सकका भातृ संगठनहरु खारेज गर्ने प्रस्ताव राखेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारी कर्मचारीले राजनीति गर्ने नभई मुलुकको सेवा प्रवाहमा सहयोग गर्नुपर्ने बताए ।
‘पार्टीका शिक्षकहरू, विद्यार्थीहरू, चिकित्सकहरुका भातृ सङ्गठनहरु खारेज नै गर्नुपर्छ’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4