+
+
Shares

शिक्षकका माग सम्बोधन गर्न सत्तापक्ष र प्रतिपक्षको सामूहिक प्रतिबद्धता आवश्यक : ठाकुर गैरे

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १३:०२

१६ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले शिक्षकहरुका जायज माग पूरा गर्न सत्तापक्ष र प्रतिपक्षको सामूहिक प्रतिबद्धताको खाँचो रहेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गैरेले सत्तापक्षले प्रतिपक्षलाई र प्रतिपक्षले सत्तापक्षलाई आरोपित गरेर छुट पाउने ठाउँ नरहेको बताए ।

उनले सडकमा सुरक्षाकर्मी र शिक्षकहरुको बीचमा झडप गराएर घाइते हुने स्थितिको सिर्जना गरेर मात्र समस्याको समाधान नहुने बताए ।

‘आजको प्रतिपक्ष सबैभन्दा बढी शिक्षा मन्त्रालय सम्हालेको र शिक्षा समितिको सभापति अहिलेको प्रतिपक्षी दलको सांसद नै रहनुभएको तथ्य पनि हाम्रो अगाडि छ । तर पनि हामी यो शिक्षा ऐनलाई टुंगोमा पुर्याउन सकिरहेका छैनौं,’ गैरेले भने, ‘अहिले सत्तापक्षले प्रतिपक्षमा भएको सभापतिलाई, प्रतिपक्षले सत्तापक्षलाई आरोपित गरेर छुट पाउने ठाउँमा छौं जस्तो मलाई लाग्दैन ।’

उनले थपे, ‘सडकमा सुरक्षाकर्मी र शिक्षकहरुको बीचमा झडप गराएर घाइते हुने स्थितिको सिर्जना गरेर हामीले छुट पाउने परिस्थिति छैन । अहिले संसदीय उपसमितिमा छलफलकै क्रममा रहेको विधेयकलाई टुंग्याउनका लागि हामी सबैको सामूहिक प्रतिबद्धताको खाँचो छ भन्ने मलाई लागेको छ ।’

शिक्षकहरुका जायज मागहरु पूरा गर्दै प्रभावित भइरहेको नियमित शैक्षिक गतिविधिहरुलाई सुचारु गर्न सकारात्मक सहयोग आजको आवश्यकता भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?