+
+
Shares

कांग्रेस सांसदको प्रश्नः संविधान संशोधन गरेर शिक्षकलाई संघ अन्तर्गत राख्न तयार हो ?   

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १३:३५

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई संघीय सरकारअन्तर्गत राख्न सबै सांसद तयार हो ? भन्दै प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तिमल्सिनाले शिक्षकका मागहरू सम्भव भएसम्म सबै पूरा गरेर विद्यालय फर्काउने वातावरण बनाउन माग गरे ।

सांसद तिमल्सिनाले शिक्षकका मागहरु पूरा गर्न २ सय ७५ जना सांसद नै तयार रहेको भन्दै तत्काल सबैले हस्ताक्षर गरेर संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्न आग्रह गरे ।

‘शिक्षालाई स्थानीय तहमा नराख्न संविधान संशोधनको कुरा आउँछ । अब सबै दल एकजुट हुनुहुन्छ अहिले, २७५ जना नै तयार,’ उनले भने, ‘तत्काल २७५ जनाले नै हस्ताक्षर गरेर संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्नुपर्‍यो । नत्र भने गोहीको आँशु चुहाउने काम कसैले नगरौँ ।’

उनले शिक्षकलाई स्थानीय तहमा राख्न नहुने माग संविधान संशोधन गरेर पूरा गर्न तयार हुनुपर्ने बताए ।

सरकारमा अहिलेको विपक्षी दलहरू पनि रहिसकेकाले गोहीका आँशु निकालेर केही फाइदा नहुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?