
काठमाडौं । रिलिज भएको २४ घण्टा नबित्दै सुशान्त केसीको गीत ‘बार्दली’को हिन्दी भर्सन ‘उफ्’ युट्युबको नेपाल, भारत, बेलायत, अस्ट्रेलियासहितका मुलुकको ट्रेन्डिङमा समावेश भएको छ ।
मंगलबार अस्ट्रेलियामा युट्युबको संगीत खण्डतर्फ शीर्षस्थानमा छ । भारतमा २३ औं स्थानमा यो गीत स्ट्रिमिङ भैरहेको छ । नेपालमा दोस्रो स्थानमा रहेको यो गीत बेलायतमा २२ औं स्थानको ट्रेन्डिङमा छ ।
माल्टामा पहिलो, युएईमा तेस्रो, कुवेतमा तेस्रो र कतारमा दोस्रो स्थानमा यो गीत ट्रेन्डिङ छ । सुशान्तको बहुचर्चित नेपाली गीत ‘बार्दली’लाई भारतको म्युजिक लेबल कम्पनी टि सिरिजले सोमबार बिहान युट्युबमा रिलिज गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4