+
+
Shares

धरानबाट हराएको बस विराटनगरमा भेटियो, पार्टपुर्जा बिक्री

ग्यारेजबाट हराएको बसको पार्टपुर्जा निकालिएको अवस्थामा मंगलबार दिउँसो विराटनगरमा भेटिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १४:०५

१६ वैशाख, विराटनगर । सुनसरीको धरानबाट चोरी भएको यात्रुबहाक बस विराटनगरमा भेटिएको छ ।

शुक्रबार बिहान धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित ग्यारेजबाट चोरी भएको प्रदेश १– ०२–००१ को ९७४९ नम्बरको बस चार दिनपछि विराटनगर महानगरपालिका– १२ मंगलबारेमा भेटिएको हो ।

ग्यारेजबाट हराएको बस पार्टपुर्जा निकालिएको अवस्थामा मंगलबार दिउँसो विराटनगरमा भेटिएको हो । बसका मालिक हरेन्द्र चेम्जोङ हुन् ।

प्रहरी स्रोतका अनुसार विराटनगर-१२ मा राखिएको बसको पार्टपुर्जा भने विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गरेको कवाडी गोदाममा फेला परेको छ ।

शुक्रबार चोरी भएको बस पूर्वपश्चिम राजमार्गको खोर्साने हुँदै विराटनगर तर्फ आएको सीसी क्यामेराको फुटेजमा देखिएको थियो । तर बस फेला परेको थिएन ।

मंगलबार दिउँसो मंगलबारेमा बेवारिसे अवस्थामा बस देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बस चोरी गर्ने गिरोहको खोजी भइरहेको प्रहरीले बताएको छ ।

पहाडी रुटमा चल्ने बसको अगाडिको सिसाको माथिल्लो भागमा सिद्धदेवी यातायात र तल्लो भागमा याक्थुङ यातायात लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?