
१६ वैशाख महोत्तरी । पोखरीमा डुबेर महोत्तरीमा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना महोत्तरी र अर्का एक सप्तरीका बालक हुन् ।
प्रहरीका अनुसार मनरा शिसवा नगरपालिका–१ मनरा ब्रह्मस्थानमा रहेको एक पोखरीमा डुबेर दुवैको ज्यान गएको हो ।
मृत्यु हुनेमा मनरा ब्रह्मस्थानका विकेश सिंहका १० वर्षीय शुभमकुमार र सप्तरीको डाक्नेश्वरी नगरपालिका–९, पथरघाटा लक्ष्मीपट्टीका रूपेश सिंहका ९ वर्षीय आयुषकुमार सिंह छन् ।
पोखरीमा पौडी खेल्ने क्रममा डुबेका दुवैलाई उपचारका लागि मनरास्थित नगर अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा दुवैकाृ ज्यान गएको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4