+
+
Shares

हिमाल आरोहण व्यवस्थित गर्न खुम्बु क्षेत्रमा पर्यटन विभागको अस्थायी कार्यालय

सन् २०२५ को वसन्त ऋतुमा हुने पर्वतारोहण व्यवस्थित र सहजीकरणका लागि यस्तो कार्यालय सञ्चालनमा ल्याइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १५:१५
खुम्बु क्षेत्र/फाइल तस्वीर

१६ वैशाख, काठमाडौं । हिमाल आरोहण व्यवस्थित गर्न पर्यटन विभागले खुम्बु क्षेत्रमा अस्थायी कार्यालय सञ्चालनमा ल्याएको छ ।

विभागका अनुसार सन् २०२५ को वसन्त ऋतुमा हुने पर्वतारोहण व्यवस्थित र सहजीकरणका लागि यस्तो कार्यालय सञ्चालनमा ल्याइएको हो ।

सर्वोच्च शिखर सगरमाथा सहित खुम्बु क्षेत्रमा हुने हिमाल आरोहण गतिविधि व्यवस्थित एवं मर्यादित बनाउन पर्वतारोहण अनुगमन तथा सहजीकरण समितिको ४ वैशाखमा बसेको बैठकको निर्णय अनुसार अस्थायी कार्यालय सञ्चालनमा ल्याइएको हो ।

खुम्बु क्षेत्रका सरोकारवालाको प्रतिनिधित्व हुने गरी कार्यालय सञ्चालनमा ल्याई प्रतिनिधि खटाइएको समेत विभागले जनाएको छ ।

अस्थायी फिल्ड कार्यालयमा विभागका निर्देशक हिमाल गौतम, विभागका प्रतिनिधि बमबहादुर विक र पासाङ भोटे, खुम्बु पासाङल्हामु गाउँपालिका प्रतिनिधि लाक्पानुरु शेर्पा र सगरमाथा प्रदूषण नियन्त्रण समितिका छिरिङतेन्जिङ शेर्पा छन् ।

अहिले सगरमाथा आरोहणका लागि डोरी टाँग्ने काम जारी छ । साथै, आरोही र सहयोगीहरू आधार शिविरमा पुगिरहेका छन् । सामान्यतया जेठ पहिलो साताबाट धमाधम आरोहण हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?