+
+
Shares

सरकारसँगको वार्ता अघि शिक्षक महासंघ आन्तरिक छलफलमा

सेवा-सुविधाको विषयमा मन्त्रिपरिषद्बाट निर्णय भए शिक्षकले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने बताउँदै आएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १६:३३

१६ वैशाख, काठमाडौं । सरकारसँग पुनः वार्तामा बस्नुअघि शिक्षक महासंघ आन्तरिक छलफलमा जुटेको छ ।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले आन्दोलनको रणनीति र सरकारसँगको वार्ताबारे छलफल गर्न बैठक बस्न लागेको बताइन् । ‘बैठक बस्दै छौं । आन्दोलनको समीक्षा गर्न बैठक बोलाइएको हो,’ उनले भनिन् ।

यसअघि आइतबार राति अबेरसम्म सरकारसँग वर्ता भए पनि सहमति जुट्न सकेको छैन । बुँदा–बुँदामा छलफल भए पनि केही बुँदामा कुरा मिल्ने बाँकी रहेको शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

सेवा–सुविधाको विषयमा मन्त्रिपरिषद्बाट निर्णय भए शिक्षकले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने बताउँदै आएका छन् । सरकारले तत्काल पूरा गर्न सकिने माग सम्बोधन गर्दै निर्णय गर्ने र शिक्षकले आन्दोलनको स्वरुप बदल्ने गरी वार्ता अगाडि बढेको छ ।

आइतबारको वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक भएको र केही विषयमा कुरा मिल्न बाँकी रहेको बताएका थिए । २८ दिनदेखि शिक्षकहरूको आन्दोलनका कारण शैक्षिक क्षेत्र ठप्प भएको छ ।

शिक्षक महासंघको बैठकको समय भने तय हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?